अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society) को नयाँ कार्यसमिति निर्वाचनका लागि सदस्यहरूको नामावली प्रकाशन
अमेरिका नेपाल सहयोगी समाज का सल्लाहकार, कार्यसमिति पदाधिकारी र आजीवन सदस्यज्यूहरू । अमेरिका नेपाल सहयोगी समाजको वर्तमान कार्य समितिले समाजको नयाँ कार्य समिति चयनका लागि समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार श्री कमला खरेलको संयोजकत्वमा सल्लहकार श्री मञ्जु थापा र सल्लाहकार श्री शिव लामिछाने सदस्य रहेको निर्वाचन समिति गठन गरेको यहाँहरू सबैलाई विदितै छ । सन् २०२३ अप्रिल २३ तारिखमा हुन गइरहेको समाजको आगामी साधारण सभामा वर्तमान कार्य समितिको पदावधि समाप्त भई नयाँ कार्य समिति गठन हुनेछ ।
प्रवासमा नेपाल र नेपालीको जातीय पहिचान, भाषा, संस्कृति र मूल्य–मान्यताको जगेर्ना गर्दै समुदायको हित एवं कल्याणका लागि क्रियाशील रहने संस्थाको आदर्शलाई अगाडि बढाउन सक्ने नेतृत्वको चयनलाई सहजीकरण गर्ने यो समितिको दायित्व हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्नका लागि निर्वाचन समितिले चरणबद्ध रूपमा आफ्नो कार्य सुरु गरिसकेको छ ।
उल्लिखित प्रयोजनका लागि सन् २०२२ डिसेम्बरसम्म समाजको सदस्यता लिनुभएका आजीवन सदस्यहरूको नामावली प्रकाशन गरिएको छ । नामावली एट्याचमेन्टमा हेर्नुहोला । यस नामावलीमा केही सच्याँई संशोधन गर्नुपर्ने भएमा निर्वाचन समितिको इमेल election.anhs@gmail.com मा इमेल पठाई वा निर्वाचन समितिका संयोजक वा सदस्यहरूलाई सम्पर्क गरी जानकारी गराउन सक्नुहुनेछ । धन्यवाद ।
Members List