Notice


अमेरिका नेपाल सहयोगी समाज  (America Nepal Helping Society) को नयाँ कार्यसमिति निर्वाचनका लागि सदस्यहरूको नामावली प्रकाशन:

अमेरिका नेपाल सहयोगी समाज का सल्लाहकार, कार्यसमिति पदाधिकारी र आजीवन सदस्यज्यूहरू । अमेरिका नेपाल सहयोगी समाजको वर्तमान कार्य समितिले समाजको नयाँ कार्य समिति चयनका लागि समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार श्री कमला खरेलको संयोजकत्वमा सल्लहकार श्री मञ्जु थापा र सल्लाहकार श्री शिव लामिछाने सदस्य रहेको निर्वाचन समिति गठन गरेको यहाँहरू सबैलाई विदितै छ । सन् २०२३ अप्रिल २३ तारिखमा हुन गइरहेको समाजको आगामी साधारण सभामा वर्तमान कार्य समितिको पदावधि समाप्त भई नयाँ कार्य समिति गठन हुनेछ ।

प्रवासमा नेपाल र नेपालीको जातीय पहिचान, भाषा, संस्कृति र मूल्य–मान्यताको जगेर्ना गर्दै समुदायको हित एवं कल्याणका लागि क्रियाशील रहने संस्थाको आदर्शलाई अगाडि बढाउन सक्ने नेतृत्वको चयनलाई सहजीकरण गर्ने यो समितिको दायित्व हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्नका लागि निर्वाचन समितिले चरणबद्ध रूपमा आफ्नो कार्य सुरु गरिसकेको छ ।  

उल्लिखित प्रयोजनका लागि सन् २०२२ डिसेम्बरसम्म समाजको सदस्यता लिनुभएका आजीवन सदस्यहरूको नामावली प्रकाशन गरिएको छ । नामावली एट्याचमेन्टमा हेर्नुहोला । यस नामावलीमा केही सच्याँई संशोधन गर्नुपर्ने भएमा निर्वाचन समितिको इमेल  election.anhs@gmail.com मा इमेल पठाई वा निर्वाचन समितिका संयोजक वा सदस्यहरूलाई सम्पर्क गरी जानकारी गराउन सक्नुहुनेछ ।  धन्यवाद ।

Members List

________________________________________________________________________________________________________________

!!! 💐💐अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) को वार्षिक कार्यक्रम २०२२ मा हार्दिक निमन्त्रणा 💐💐!!!

तपाईं हाम्रै सहयोग र सहभागितामा संचालित अमेरिका नेपाल सहयोगी समाजद्वारा सन्चालित

अमेरिका नेपाल शिक्षा सदन(ANHS Academy)ले गत बिगत वर्ष जस्तै यस बर्ष पनि बिबिध कार्यक्रमहरू सहित

बार्षिक कार्यक्रम निम्न मिति र समयमा मनाउन गइरहेका हुँदा यहाँहरू सबैमा आफ्ना बालबालिका सहित उपस्थिति र सहभागिताको लागि

यहाँहरु सबैमा हार्दिक आमन्त्रण गर्दछौं ।

स्थान: Zoom Online मिति : फेब्रुअरी ६, २०२२, आइतबार

समय : बिहान १० देखि २ बजे सम्म

Zoom ID :-

कार्यक्रमहरू:

१. सरस्वती बन्दना र सरस्वती पूजा

२. बालबालिकाहरूका प्रतिभाहरूको प्रस्तुति (नृत्य, गीत …बिबिध )

३. ANHS academyको बार्षिक प्रतिवेदन प्रस्तुति

४. प्रतिभावान बिद्यार्थीहरूलाई पुरस्कार वितरण

५. नयाँ शैक्षिक सत्र वारे जानकारी

भवदीय

अमेरिका नेपाल शिक्षा सदन तथा अमेरिका नेपाल सहयोगी समाज